शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर, सात दसलव विद्युतिय सवारी कर्जा 

बिहिबार, भाद्र १० २०७८

काठमाडौ,

ग्लोबल आइएमई बैंक लिमिटेडले यो बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत सात दसमलव २९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत सेवाग्राहीले सात वर्षसम्मको अवधिका लागि आठ दसमलव १९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै आठ दसमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा पाँच बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्तगर्न सक्नेछन् । यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरिदको लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रकृया पूरा भएको दुुई कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । 
यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले सात दसमलव ९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदर मै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।