काठमाडौं, भाद्र १० विदेशी लगानी रहेको स्ट्याण्डर्ड चार्टड बैंकको खराब कर्जा बढेको देखिएको छ । अन्तर्राष्ट्रिय अभ्यास सिकाउनका लागि नेपालमा भित्राइएको यो बैंकले राष्ट्र बैंकले दिएको छुटका बाबजुद पनि खराब कर्जा नियन्त्रण गर्न नसकेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले महामारीका कारण ऋण तिर्न नसकेका व्यवसायीहरुको ऋणलाई पुनर्तालिकिकरण गर्ने सुविधा दिएको छ । अर्थात ऋणीहरुले अण तिर्ने समयलाई लम्ब्याउने छुट दिएको छ । त्यस्तै ब्याजलाई सावामा गाभ्ने अर्थात पुनसंरचना गर्ने छुट पनि दिएको छ । तर, यस्तो सुविधाका बाबजुद पनि स्टायण्डर्ड चार्टड बैंकको खराब कर्जामा भने बृद्धि भएको छ ।
बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको असारमा ०.४४ प्रतिशत रहेको यस्तो खराब कर्जा ०.५२ प्रतिशलते बृद्धि भएर यो वर्षको सोहि अवधिमा शुन्य दशमलव नौ छ कायम भएको छ ।
त्यस्तै सिटिजन्स बैंकको खराब कर्जा गत वर्षको असार मसान्तको तुलनामा १ दशमलव दुई दुई लक्ष्मी बैंकको शुन्य दशमलव एक सात , मेगाको शुन्य दशमलव एक एक र माछापुच्छ«े बैंकको खराब कर्जा शुन्य दलशमव एक शुन्यले खराब कर्जा बढेको छ ।
२७ वटा बाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २२ वटा बैंकहरुको खराब कर्जा भने गत वर्षको तुलनामा झनै घटेको देखिएको छ ५ वटा बैंकहरुको खराब कर्जामा भने बृद्धि भएको छ । तर, यति ठूलो महामारीका बिचमा पनि कुनै पनि बैंकको राष्ट्र बैंकले तोकेभन्दा माथि खराब कर्जा देखिदैन ।
राष्ट्र बैंकले यस्तो खराब कर्जा ५ प्रतिशत माथि नघाउन नहुने व्यवस्था गरेको छ । अहिले बैंकहरुको खराब कर्जा दुई प्रतिशतको आसपासमा रहेको देखिन्छ । गत वर्षको असारमा २७ बाणिज्य बैंकहरुको खराब कर्जा १ दशलमव सात तीन प्रतिशत रहेकामा अहिले त्यो घटेर १ दशमलव तीन छ प्रतिशत कायम भएको छ । अर्थात गत वर्षको तुलनामा र महामारीकै बिचमा बैंकहरुको खराब कर्जा शुन्य दशमलव तीन पाँच प्रतिशतले गिरावट भएको छ ।
त्यस्तै गत असोजमा खराब कर्जा १ दशमलव छ एक रहेकामा पुषमा आएर यो केहि बढेर एक दशलमव छ आठ कायम भएको थियो । त्यसैगरि चैतमा आएर यो एक दशमलव तीन आठमा झरेकामा अहिले अर्थात गत असार मसान्तसम्ममा एक दशमलव तीन छ कायम भएको छ ।
प्रभु नेपाल बैंक सिभिल एनसीसी राष्ट्रिय वाणिज्य कृषि विकास सनराइज हिमालयन बैंक अफ काठमाडौं जस्ता बैंकहरुको खराब कर्जामा उच्च मात्रामा गिरावट आएको छ ।