काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ५५ केन्द्रीय सदस्य र ३० जना सांसदहरुले सनाखत गरेका छन् । नेकपा एमालेबाट विभाजन भएर गएको सो पार्टीका लागि उनीहरुले आज निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गराएका हुन् ।
आयोगले नेकपा एकीकृत समाजवादी पार्टीमा रहन चाहेको भन्दै निवेदन दिएका चार जना सांसदको सनाखत गर्न भने अस्वीकार गरेको छ। पार्टी दर्ताका लागि पेश गरेको निवेदनमा नाम र हस्ताक्षर नभएको भन्दै आयोगले शारदा भट्ट, माया ज्ञवाली, सोमप्रसाद पाण्डे र तुलसा थापाको सनाखत गर्न नमानेको हो। दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको छैन ।
३० जना सांसदहरुको नामवली यस प्रकारको छ :

