काठमाडौ, l नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार पनि ४८ दसमलव ४२ अंकले घटेर तीन हजार ७६ दसमलव ४४ अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव ६७ अंकले घटेर पाँच सय ६७ दसमलव ९९ अंकमा पुगेको छ ।
दुई सय २७ वटा कम्पनीहरुको एक लाख १८ हजार नौ सय ७२ पटकको कारोवारमा एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम १२ अर्ब नौ करोड २१ लाख तीन हजार पाँच सय चार रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएको छ भने १३ वटै समुहको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दसमलव ४७ अंकले घटेर दुई हजार ३२ दसमलव ३४ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि १३ दसमलव चार अंकले घटेर तीन हजार पाँच सय चार दसमलव ९३ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि २१ दसमलव २९ अंकले घटेर तीन हजार एक सय ४८ दसमलव ३६ अंकमा झर्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जीवन बिकास लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको छ ।