शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेका सिइओ साउदद्वारा राजिनामा, छानवीनमा सघाउन राजिनामा दिएको भनाई

बुधबार, भाद्र ९ २०७८

काठमाडौं, भाद्र ८ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । पदीय मर्यादाविपरीत कुनै कार्य नगरेको दाबी गर्दै साउदले अनुसन्धानमा सजिलोका लागि राजीनामा दिएको बताएका छन् ।

आफन्तको नाममा खरिद गरेर सेयर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका भिष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदविरुद्ध अख्तियारमा उजुरी परेको छ । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले उनीहरू दुईजनामाथि कारबाहीको प्रक्रिया थाल्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो ।

सर्वोत्तम सिमेन्ट प्राथमिक सेयर निष्काशन प्रक्रिया अघि बढाएपछि नेप्सेका साउदले श्रीमती र बोर्ड अध्यक्ष ढुंगानाले छोरीको नाममा सेयर खरिद गरेको विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।