काठमाडौ l नेप्सेमा भिषण पहिरो गएको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से एकै दिन ५६ दसमलव तीन अंकले घटेर तीन हजार एक सय २४ दसमलव ८७ अंकमा पुगेको छ भने सेन्सिटिभ १२ दसमलव ८१ अंकले घटेर पाँच सय ७७ दसमलव ६६ अंकमा पुगेको छ ।
दुई सय २५ वटा कम्पनीहरुको एक लाख ५६ हजार नौ सय १३ पटकको कारोवारमा दुई करोड ५३ लाख १६ हजार आठ सय पाँच कित्ता सेयर किनबेच हुदा आज कुल कारोवार रकम १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा आज दुई वटा समुहको सुचक बढेकाछन भने ११ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ८२ अंकले घटेर दुई हजार ६१ दसमलव ८१ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि दुई सय ४३ दसमलव ८९ अंकले घटेर पाँच हजार आठ सय ८९ दसमलव १९ अंकमा पुगेको छ । जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन । फाईनान्स र निर्जिवन बीमा समुहको सुचक भने बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।