बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अफगानिस्तानको मामिलामा अमेरिकालाई केहि घाटा नभएको राष्ट्रपति बाइडेनको प्रष्टिकरण, ६५ हजार बढी अफगान नागरिकलाई अमेरिका ल्याइने

शनिबार, भाद्र ५ २०७८

काठमाडौं, भाद्र ५ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान मामिलालाई लिएर आफ्नो मुलुकको केहि नगुमाएको टिप्पणी गरेका छन् । विश्व राजनीतिमा अफगानिस्तानमा अमेरिकाको रणनीति असफल भएको आलोचना भइरहदा राष्ट्रपति बाइडेनले अमेरिकाको प्रतिष्ठामा कुनै कमी नआएको स्पष्टिकरण दिएका हुन् । 

बीस वर्ष मुलुक कब्जा गरेपनि सबै सैनिक फिर्ता नहुँदै तालिबान आएपछि अफगानिस्तानमा गरिएको लगानी खेर गएको भन्दै आलोचना हुँदै आएको छ ।
अमेरिकाले गएको एक हप्तामा १३ हजार बढी मानिसलाई उद्धार गरिएको जनाएको छ ।

त्यस्तै बाइडेनले ६५ हजार सम्म अफगानीलाइ आफ्नो मुलुकमा ल्याउने बताएका छन् । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेर अमेरिकाले आफ्ना नागरिकको उद्दार गरिरहेको छ ।