काठमाडौं । नेकपा विभाजनपछि नखुलेका उपाध्यक्ष वामदेव गौतमले अन्ततः आफ्नो लाइन क्लीयर गरेका छन् । उनले एमाले विभाजनमा माधव नेपाललाई साथ दिने बताएका छन् ।
उनले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्थालाई मध्यनजर गर्दै माधव नेपालले नेतृत्व गरेको नेकपा (एमाले–समाजवादी) लाई सहयोग गर्ने निर्णय गरेका हुन् ।
वामदेवका सचिवालय सदस्य शैलेन्द्र राउतका अनुसार पार्टी विभाजनको अवस्थामा माधव नेपाललाई साथ दिने निर्णय गरेका छन् । बुधबार माधव नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाइएको सूचीमा गौतमको नाम समावेश छैन ।
वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए । केहिले केपी ओली त कहिले नेपाल–खनाल पक्षमा देखिने वामदेवले यसपटक भने नेपाललाई नै साथ दिने निर्णय गरेका हुन् ।