शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साताको अन्तिम कारोबार दिन १८.२४ अंकले घट्यो नेप्से

बिहिबार, भाद्र ३ २०७८

काठमाडौ, l अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सुचक तथा कारोवार रकम आज बिहिबार भने घटेको छ । नेप्से आज १८ दसमलव २४ अंकले घटेर तीन हजार एक हजार ८० दसमलव ७८ अंकमा पुगेको छ भने सेन्सिटिभ आठ दसमलव ३३ अंकले घटेर पाँच सय ९० दसमलव १५ अंकमा पुगेको छ । आज दुई सय २९ वटा कम्पनीह्रुको एक लाख ८८ हजार १७ पटकको कारोवारमा तीन करोड नौ लाख १२ हजार छ सय ९७ कित्ता किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार सात सय ६७ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोवार हुंदा आज पाँच वटा समुहले कमाएकाछन भने आठ वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ५५ अंकले घटेर दुई हजार ८१ दसमलव ६३ अंकमा झर्दा बिकास बैंक, जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने चार सय ५७ दसमलव ४७ अंकले बढेर १४ हजार सात सय ७५ दसमलव ७६ अंकमा पुग्दा जीवन बीमा, लघुबित्त, टे«डिङ र अन्य समुहहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ज्योति बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो खानीखोला हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड रहेको छ ।