बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सनराईज बैंकको खुद मुनाफा एक अर्ब ५० करोड 

सोमबार, साउन ३२ २०७८

काठमाडौ, l सनराईज बैंकले आर्थिक बर्ष २०७७–०७८ मा एक अर्ब ५० करोड २९ लाख ९० हजार तीन सय ४८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ३५ करोड ९४ लाख ७५ हजार तीन सय ५४ रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब छ अर्ब ४३ करोड २३ लाख ७० हजार छ सय २० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ करोड ३४ लाख ३५ हजार चार सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ५२ करोड छ लाख ९७ हजार एक सय ९५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ३८ प्र्रतिसत कर्जा निष्क्रिय रहेको छ भने बितरणयोग्य नाफा भने ६० करोड १५ लाख ७४ हजार तीन सय ८७ रुपैयाँ रहेको छ । 

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ९० अर्ब २२ करोड ३२ लाख ७१ हजार छ सय २९ रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब एक करोड ८५ लाख ९७ हजार पाँच सय ८४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८५ करोड ९२ लाख नौ हजार सात सय २३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ८६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।