काठमाडौ, l सेञ्चुरी कर्मसियल बैंकले आर्थिक बर्ष २०७७–०७८ मा ७५ करोड ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ८० करोड ४५ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी नौ अर्ब तीन करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा ९३ अर्ब ४९ करोड ६६ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब नौ करोड ६७ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ६० करोड ६५ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ९५ प्रतिसत कर्जा निष्क्रिय रहेको छ भने बितरणयोग्य नाफा भने ५९ करोड ४६ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले ६५ अर्ब ३१ करोड ४८ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १५ करोड २२ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ६९ करोड ५२ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैैंकमा दुई दसमलव ११ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।