बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमसीसीबारे यस्तो निर्णय गर्यो माओवादी बैठकले !

सोमबार, साउन ३२ २०७८

काठमाडौँ l नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे पार्टीको धारणा स्पष्ट पार्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि समूहगत छलफलमा भाग लिँदै टोली नेताहरुले एमसीसीबारे थप प्रष्ट पार्न माग गरेका हुन् ।

हिजो प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमा एमसीसीबारे संक्षिप्त टिप्पणी गरिएको छ । प्रतिवेदनमा एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने उल्लेख छ । टोली नेताहरुले एमसीसीबारे जनताले बुझ्ने भाषामा पार्टीको धारणा ल्याउन सुझाव दिएका हुन् ।

माओवादी बैठकमा शासकीयस्वरूप र निर्वाचन प्रणाली फेर्नेबारे पनि छलफल भएको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रममा टोली नेताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीका पक्षमा पार्टीलाई उभ्याउन सुझाव दिएका हुन् ।