शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमाले फुटाउन प्रचण्डको प्रस्ताव, देउवाको निर्णय!

सोमबार, साउन ३२ २०७८

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पार्टी विभाजनका लागि सहज बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग एउटा प्रस्ताव राखेका छन्।

सरकार विस्तारका लागि पनि सजिलो हुने र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझ कमजोर बनाउनका निम्ति प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत दल विभाजनको प्रक्रिया सहज बनाउन प्रचण्डले गरेको प्रस्तावअनुसार नै देउवाले निर्णय लिएका छन्। 

सोमबार मन्त्रिपरिषदको बैठक राखी उनले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गरेका छन्। अब, अध्यादेश ल्याएर नेपाल समूहलाई एमाले विभाजनका निम्ति सहज बनाउने तयारीमा प्रचण्ड–देउवा लागेका छन्। 

यस्तो तयारीको विषयमा एमाले उपाध्यक्ष भिम रावल र महासचिव ईश्वर पोखरेललाई सूचना पुगेपछि परामर्श भएको थियो। एमाले विभाजनतिरै लैजाने स्थिति भएपछि अध्यक्ष ओलीले पनि पार्टी गतिविधि सक्रिय पारेका छन्। नेता नेपालले तत्काल एमाले विभाजन नहुने बताइरहे पनि प्रचण्डले दिनरात कोटेश्वर धाएर मनाएको बताइन्छ।

‘दल विभाजनसम्बन्धी अध्यादेशका पहिलाका विरोधी शक्तिले एमालेलाई क्षयीकरण गर्नका लागि सोही शैली अपनाउने भएका छन्, यसको डटेर विरोध हुनेछ’, एमालेका एक जना स्थायी कमिटी सदस्य भन्छन्,‘कुन नैतिक धरातलमा उभिएर ल्याउँछन् त्यहिअनुसार नै एमालेले प्रतिरोध गर्नेछ।’