काठमाण्डौं, श्रावण ३२ । अफगानिस्तानका राष्ट्रपति आश्राफ गानीले, तालिबानको जीत भएको, र रक्तपातको बाढी रोक्नका लागि, आफूले देश छोडेको, बताउनुभएको छ । सामाजिक सन्जाल फेसबुकमार्फत, उहाँले, आफ्नो देश छोड्ने निर्णयबारे, यस्तो व्याख्या गर्नुभएको हो । तालिबानी फौज राजधानी काबुल प्रवेश गरेपछि, राष्ट्रपति गानीले, देश छाड्नु भएको हो । यसैबीच, तालिबानले, आफुहरु सत्ताबाट बाहिर रहँदाको, दुई दशकको अवधिमा, मानिसहरूले अनुभव गरेको स्वतन्त्रता, जस्तै शिक्षामा महिलाको पहुँच, सुरक्षित गर्ने बताएको छ ।