बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमाले फुट नजिकिँदै गर्दा : किन यी २ नेता अकस्मात भारत छिरे ?

आइतबार, साउन ३१ २०७८

काठमाडौँ l नेकपा एमालेभित्रको अन्तरसंघर्ष चर्किएका बेला वरिष्ठ नेता माधव नेपाल समूहका दुई प्रभावशाली नेता दिल्ली उडेका छन् । पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपालबाट टाढा हुँदै केपी ओली नजिक देखिएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिव भीम आचार्य दिल्ली पुगेका छन् ।

दिल्लीस्थित एपोलो अस्पतालमा भर्खरै मृगौला प्रत्यारोपण गराएका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनीहरु त्यसतर्फ गएको अनुमान गरिएको छ । पछिल्लो समय पार्टी एकताको पक्षमा क्रियाशील पाण्डे र आचार्य खनालनिकट नेताका रुपमा चिनिन्छन् । नेता खनाललाई पार्टी एकताको पक्षमा सहमत गराउन उनीहरु दिल्ली गएको हुनसक्ने बताइन्छ ।

माधव नेपाल समूहभित्रै नेताहरु दुई खेमामा विभक्त भएको भनिएका बेला खनाललाई एकताका पक्षमा उभ्याउने र स्वास्थ्य अवस्था बुझ्ने प्रयासस्वरूप उनीहरु दिल्ली गएको अनुमान पनि गरिएको छ ।

एमालेको माधव समूहमा अधिकांश नेता यथास्थितिमा पार्टी एकता नहुने निचोडमा पुग्दा पाण्डे र आचार्यसहितका स्थायी कमिटीका केही नेता भने निशर्त एकता गर्नुपर्ने अडानमा छन् ।