काठमाडौ, l प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा बढेको छ । कम्पनीले आर्थिक बर्ष २०७७–०७८ मा १७ करोड छ लाख ३१ हजार १९ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ४४ लाख ९६ हजार चार सय ४९ रुपैयाँ मात्र रहेको थियो ।
कम्पनीको हाल चुक्ता पुंजी दुई अर्ब रुपैयाँ रहेको छ भने प्रति सेयर आम्दानी आठ रुपैयाँ ५३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय २१ रुपैयाँ २३ पैसा रहेको छ ।