फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा अनुबन्धित भएपछि पहिलो पटक लियोनल मेस्सी टिमको प्रशिक्षणमा सामेल भएका छन् । अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।

मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । गोलको वर्षाकालागि कीर्तिमानी सावित मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्।