आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त पक्राउ 

शुक्रबार, साउन २९ २०७८

काठमाडौं, l ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त ललितपुर महालक्ष्मी नगरपालिका–७ चाँङ्गाथली बस्ने रामेछाप खाँडादेबी गाउँपालिका–६ खत्री गाउँ घर भएका ४६ वर्षीय शिवजी खत्री भन्ने ग बहादुर खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

२०६२ पुस ६ गते साँझ काठमाडौं महानगरपालिका–१४ कलंकी, लामपाटी बस्ने भगवती लामा (अधिकारी) आफ्नै डेरा कोठामा आगोले जलेर घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न ग बहादुरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर चाँङ्लाथलीबाट पक्राउ गरेको हो ।  
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त ब्यूरोले जनाएको छ ।