काठमाडौ, l नेप्से उच्च अंकले बढेको छ । आज बिहिबार नेप्से १६ दसमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव ४६ अंकले बढेर पाँच सय ९१ दसमलव १६ अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख ५४ हजार छ सय ६० पटकको कारोवारमा तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्तँ सेयर किनबेच हुदा आज कुल कारोवार रकम १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले कमाएकाछन भने छ वटाले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ९९ अंकले बढेर दुई हजार एक सय २४ दसमलव ९४ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । जलबिद्युत समुहको सुचक भने २४ दसमलव आठ अंकले घटेर तीन हजार आठ सय १३ दसमलव छ अंकमा झरेकोमा निर्जिवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, अन्य र लघुबित्त समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो रुरु जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैकको कन्र्भटेवल प्रिफरेन्स सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।