शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हितेन्द्रदेवलाई सुविधाको थाक, प्रचण्डको राजनीति जोगाउन कुलमान नियुक्तिको चाख

बिहिबार, साउन २८ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक लोकप्रियता बढाउनका लागि नियमविपरित नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई प्रलोभनमा पारेको खुलेको छ। 

प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गरी आफ्नो राजनीतिक अलोकप्रियतालाई ढाकछोप गरेका प्रचण्डले उर्जा आयोगमा हुँदै नभएको सचिव सरहको सुविधा दिने सहमति र निर्णयका आधारमा हितेन्द्रदेवलाई पठाएका थिए।

हितेन्द्रदेवलाई हटाएर कुलमान नियुक्त गर्दा उनी अदालत जाने र फर्किएर आउन सक्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बोलाएर सुविधासहितको उर्जा आयोग देखाइएको थियो। सोमबार निर्णय हुन नसकेको नियुक्तिको विषयलाई बालुवाटारबाट गर्नका लागि प्रचण्डले देउवालाई दबाब दिएको रहस्य खुलेको छ। 

प्रचण्डको प्रस्तावमा देउवा सहमत नहुने अवस्था आइसकेको थियो। तर, गठबन्धनलाई देखाउँदै प्रचण्डले देउवासँग उक्त नियुक्तिका लागि हितेन्द्रलाई आवश्यक सुविधा दिन सकिने प्रस्ताव गरेका थिए। 

‘अहिले अन्य नियुक्ति हटाउने र अदालतबाट फर्किएर आउने वातावरणमा कुनै निर्णय नगर्ने प्रधानमन्त्रीको अडान थियो। कुलमान नियुक्ति प्रकरणमा त्यसो नहुने भन्दै हितेन्द्रदेवलाई सुविधा र पैसा दिलाउने काम भयो’, उच्च स्रोतले भन्यो,‘त्यसको बदला कार्यकारी निर्देशकको पद मागियो।’

कुरो मिलाउन सक्ने ग्यारेन्टि प्रचण्डले लिएपछि प्रधानमन्त्री देउवा कुलमान नियुक्तिका लागि राजी भएका थिए। स्रोतले भन्यो,‘कुलमानको नियुक्ति माओवादीको राजनीतिसँग पनि जोडिने भएको र उक्त मन्त्रालय पनि माओवादीकै हातमा रहेकाले प्रचण्डले देउवालाई फकाएका हुन्।’

कुलमानले बुधबार नियुक्ति पत्र लिएपछि कार्यभार सम्हाल्न सुरु गरेका छन्। उनले अब निक्कै चुनौति बाँकी रहेको पनि बताए।