बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भाग्यमानी ३९ हजार ३ सय ५ले मात्र पाउने मानुषी लघुबित्तको साधारण सेयरको बिक्री खुल्ला

बुधबार, साउन २७ २०७८

काठमाडौ, l मानुषी लघुबित्त बित्तीय संस्थाले साधारण सेयरको बिक्री खुल्ला गरेको छ । संस्थाले बुधबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी तीन करोड ९३ लाख ७५ हजार रुपैयाँको तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो । 

नेपाल एसबिआई क्यापिटल लिमिटेड बिक्री प्रर्वन्धक रहेको संस्थाको साधारण सेयर बिक्री कार्य छिटोमा साउन ३१ गते र ढिलोमा भदौ नौ गते बन्द हुने छ । न्युनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिद सिमा तोकिएको संस्थाको अधिकृत पुंजी २० करोड रुपैयाँ रहेको छ ।

जारी पुंजी १० करोड ९३ लाख ७५ हजार तथा हाल चुक्ता पुंजी सात करोड रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्री पश्चात चुक्ता पुंंजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने संस्थाले जानकारी दिएको छ ।