फुटबल लिजेन्ड लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेनमा आबद्ध हुन फ्रान्स आइ पुगेका छन् ।
मेसीका साथी एमिलियानो मार्टिनेजले नया यात्राकालागि मेस्सी निकै उत्साहित भएको बताएका छन् । मेस्सी २१ वर्षपछि बार्सिलोना छाडेर पिएसजी गएका हुन् ।
फ्रान्सेली क्लब पिएसजीले नेयमार अंकित १० नम्बरको जर्सी भएको एउटा भिडियो पोस्ट गरेपछि सामाजिक संजालमा मेस्सीका लाखौं प्रशंसकहरु भने चिढिएका छन् ।
समाजिक संजालमा कमेन्ट गर्ने अधिकांसले १० नम्बरको जर्सी नदिने हो भने मेसीप्रति अपमान हुने धारणा राखेका छन् ।
३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।
मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।