आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

हुण्डि कारोबारी ९१ लाख ९६ हजार सहित पक्राउ

मंगलबार, साउन २६ २०७८

काठमाडौ, l प्रहरीले हुण्डिको कारोबारी गर्ने चार जना ९१ लाख ९६ हजार सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौको ताहाचाल वस्ने ५३ बर्षिय तरुण अग्रवाल, तनहुंको भिमाद १ घर भई हाल का.जि २६ गोगंवु वस्ने वर्ष २५ बर्षिय रितेश श्रेष्ठ, रामेछाप देउराली २ घर भई हाल भक्तपुर सल्लाघारी वस्ने २९ बर्षिय नरवहादुरर खडका र काठमाडौंको जोरपाटी वस्ने  ३४ बर्षिय अर्जुन चौलागाई रहेकाछन । 

परिसरका अनुसार यही साउन २५ गते अन्दा ११ः३० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.२२गणवहाल ईलाकामा हुण्डि कारोबार भईरहेको भन्ने सुचनाको आधारमा तत्काल मनप्र परिसर काठमाडौवाट विशेष प्रहरी टोली परिचालन गरि खोजतलास गर्दा तनुज ईन्टरप्राइजेज प्रा.लि गणवहाल स्थित चेकजाँच गर्दा संचालक तरुण अग्रवाल सहित चार जनाको साथवाट हुण्डिको कारोबारी (समानान्तर वैकिङ्ग कारोवार) गरिरहेको अवस्थामा ९१ लाख ९६ हजार रुपैयाँ रकम तथा १७ थान चेक, डिपोजित स्लिप थान आठ सहित पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई मनप्र परिसर काठमाडौवाट थप अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी सम्पत्ति सुद्दिकरण विभाग हरिहर भवन ललितपुर पठाईएको परिसरले जनाएको छ ।