आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मंगलबार, साउन २६ २०७८

काठमाडौ, l किर्तिपुर नगरपालिका –९ नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ्ग गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४  नम्बरको पल्सर मोटरसाईकल चोरी गरेको अभियोगमा दुुई जनालाई २४ घण्टा नवित्दै ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका–७ घर भई हाल काठमाण्डौ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका–२ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेकाछन् । चोरी भएको सुचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विना चावी डाईरेक्ट स्टार्ट गरेर नम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका–९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । 

उक्त मोटरसाइकल यही श्रावण २३ गते रातको समयमा काठमाडौँ किर्तिपुर नगरपालिका – ९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका – ५ घर भई हाल किर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले यस महाशाखामा निवेदन दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त,किर्तिपुरमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ । पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तररूपमा चलाई राखेको छ ।