बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ 

मंगलबार, साउन २६ २०७८

काठमाडौं, l काठमाडौं महानगरपालिका–१० मध्यबानेश्व रस्थित रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद  ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक तास सहित पक्राउ गरेको हो । 

स्याङ्जाको वालिङ नगरपालिका–९ क्याम्पस रोड डेरा गरी बस्ने ख्याम बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय रुक बहादुर थापा लगायत ११ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र  ९ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ l