आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विनिन्न धानमाल चोरी  

मंगलबार, साउन २६ २०७८

काठमाडौं, l काठमाडौं महानगरपालिका–३२ कोटेश्वेर सेतिओपी मार्ग डेरा गरी बस्ने उदयपुर लिम्सुम्बुङ गाउँपालिका–४ घर भएका  तारामणी राईको कोठाबाट नगद १ लाख रुपैयाँ र सुनका गहना समेत गरी करिब २ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । 

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका–८ शेषमती भेटघाट चोक डेरा गरी बस्ने धादिङ्ग गंगाजमुना गाउँपालिका–७ घर भएका सुजन न्यौपानेको कोठाबाट कोही नभएको अवस्थामा नगद ७० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब १० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ l