शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एभरेष्ट बैंकद्वारा भैसेपाटी, ललितपुरमा आफ्नो १०४ औं शाखा उद्घाटन

सोमबार, साउन २५ २०७८

काठमाडौ, l एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि भैसेँपाटी, ललितपुरमा आफ्नो १०४ औं शाखा आज सोमबार उद्घाटन गरेको छ । केशव राज पौडेल (सहायक महाप्रबन्धक) एभरेष्ट बैंक र  पुरुषोत्तम खड्का (वडा अध्यक्ष, वडा न १८) ललितपुर महानगरपालिकाले संयुक्तरुपमा भैसेँपाटी, ललितपुर शाखाको उद्घाटन गरेकाछन् ।

उक्त उद्घाटन समारोहमा निरुजङ्ग थापा, वरिष्ठ उपाध्यक्ष, ललितपुर उद्योग वाणिज्य सँघ, लोक बहादुर गुरुङ्ग, भैसेँपाटी क्षेत्र इन्चार्ज, नेपाल प्रहरी,  सन्तोष भट्टराई, प्रादेशिक–प्रबन्धक, एभरेष्ट बैंक बाग्मती प्रदेश, पुष्प राज उप्रेती, बजार विभाग प्रमुख, एभरेष्ट बैंक साथै अन्य स्थानीय विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । उद्घाटन समारोहमा बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा संजाल, प्रादेशिक कार्यालय, १३६ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।