बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस कति प्रतिशत ?

सोमबार, साउन २५ २०७८

काठमाडौ, l गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले पाँच सय ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  

प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको हाल कायम चुक्ता पुँजीकोे पाँच दसमलव पाँच प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ शुन्य दसमलव २९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार दुई सय ३१ रुपैयाँ ५७ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन् ।

बीमा समितिको स्वीकृतिपछि प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।