शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झिनो अंकले बढ्यो बजारमा कमाउने भन्दा गुमाउने समुह धेरै

सोमबार, साउन २५ २०७८

काठमाडौ, l नेप्से सामान्य अंकले बढेको छ । आज सोमबार नेप्से एक दसमलव ५४ अंकले बढेर तीन हजार एक सय नौ दसमलव ६६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने दुई दसमलव पाँच अंकले घटेर पाँच सय ७५ दसमलव ९५ अंकमा झरेको छ । दुई सय २४ वटा कम्पनीहरुको एक लाख २८ हजार नौ सय ५९ पठकको कारोवारमा दुई करोड ५३ लाख ९३ हजार छ सय ९९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको हुंदा नौ वटा समुहको सुचक घटेकाछन भने चार वटा समुहको बढेकाछन । बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव आठ अंकले घटेर दुई हजार ९० दसमलव ६८ पुग्दा बिकास बैंक, होटल तथा पर्यटन, लघुबित्त, टे«डिङ, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने आज एक सय १९ दसमलव ५७ अंकले बढेर तीन हजार छ सय ९३ दसमलव ८० अंकमा चढेकोमा फाईनान्स, निर्जिवन बीमा र जीवन बीमा समुहको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनियन नेपाल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ बैंकको ऋणपत्र पहिलो स्थानमा परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।