बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साफ च्याम्पियनशिप असोज दोस्रो साताबाट माल्दिभ्समा हुने

सोमबार, साउन २५ २०७८

१३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आगामी असोज दोस्रो साताबाट माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को बैठकले अक्टोबर १ देखि १३ तारिख सम्म हुने निर्णय गरेको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले नेपालमा कोभिड १९ को महामारी कायमै रहेकाले नेपालले प्रस्ताब गरेपनि माल्दिभ्समा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड १९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो ।
 

१३ औँ साफमा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले खेल्ने पक्का भइसकेको छ । भुटानले भने अझै निर्णय गर्न सकेको छैन ।