शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल बंगलादेश बैंकको नाफा दुई अर्ब २९ करोड, बितरणयोग्य नाफा कति ?

सोमबार, साउन २५ २०७८

काठमाडौ, l नेपाल बंगलादेश बैंकले आर्थिक बर्ष २०७७–०७८ मा दुई अर्ब २९ करोड २५ लाख ९२ हजार सात सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब २४ करोड ४८ लाख ४६ हजार छ सय ७६ रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी नौ अर्ब ४८ लाख २१ हजार एक सय ९५ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा ८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार तीन सय ७३ रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ४८ करोड ४९ लाख ५९ हजार एक सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ६३ करोड १२ लाख ७५ हजार एक सय १८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ५५ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दसमलव ५५ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब ४७ करोड ५२ लाख ८३ हजार  आठ सय १३ रुपैयाँ रहेको छ ।  

अघिल्लो आवमा भने बैंकले ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार चार सय २३ रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब १० करोड ८५ लाख ३७ हजार नौ सय १६ रुपैयाँ रहेको थियो । उक्त अवधिमा दुुई अर्ब ८४ करोड ४७ लाख ६६ हजार तीन सय ७९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव ८९ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ३२ प्रतिसत रहेको थियो ।