शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बार्सिलोना छाड्नु पर्दा मेसी तुरुक्कै रोए

आइतबार, साउन २४ २०७८

बार्सिलोनाले सम्झौता नविकरण गर्न नसकेपछि २१ वर्षसम्म आबद्ध रहेको क्लब छाड्नु पर्दा लियोनेल मेसी भावविह्वल भएका छन् । बार्सिलोनामै रहन हर प्रयत्न गर्दा पनि अन्तत बार्सिलोनाले आर्थिक कारण देखाउदै करार नविकरण नभएपछि आफु अलग हुनु परेको भन्दै 

बार्सिलोनाको मैदान बाहिर हजारौँ समर्थकसामु मेस्सीले पत्रकार सम्मेलन आयोजना गरेका थिए । समर्थकहरु अधिकांशले उनको   १० नम्बर जर्सी पहिरिएका थिए । 

३४ वर्षीय मेस्सीले आफ्नो अबको योजनाबारे भने केही बताएनन् । 

अब मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजीमा आबद्ध हुने भएका छन्।  भोलिसम्ममा पिएसजीसग हुने अनुबन्धन पत्रमा हस्ताक्षर हुने बताइएको छ । 

बार्सिलोनामै रहने विषयमा आफु ढुक्क भएर बसेको तर एकाएक छाड्नुपर्दा दुख लागेको भन्दै मेसीले हजारौ समर्थक माझ तुरुक्क आसु खसाएका थिए ।