बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मेगा बैंकको नयाँ शाखा बाराको जीतपुरमा 

शुक्रबार, साउन २२ २०७८

काठमाडौ, l मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको १ सय ८५ औं शाखा हो ।

मेगा बैंकले केही दिन अघि छ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।