शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१६ अंकले घट्यो नेप्से कमाउने भन्दा गुमाउने समुह धेरै

बिहिबार, साउन २१ २०७८

काठमाडौ, l नेप्से उच्च अंकले घटेको छ । आज बिहिबार नेप्से १६ अंकले घटेर तीन हजार एक सय सात दसमलव ४५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ६४ अंकले बढेर पाँच सय ७९ अंकमा चढेको छ । दुई सय २६ वटा कम्पनीहरुको एक लाख ३५ हजार ४२ पटकको कारोवारमा दुई करोड ८८ लाख ४५ हजार चार सय ३१ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार नौ सय ६५ रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोवार हुंदा बाँँणिज्य बैंक र बिकास बैंक समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये जलबिद्युत समुहको सुचक ७६ दसमलव २४ अंकले घटेर तीन हजार चार सय ५९ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ४९ दसमलव ९७ अंकले घटेर १४ हजार छ सय ५८ दसमलव १७ अंकमा झरेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुहको सुचक पनि घटेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड मोदी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।