शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रति कित्ता कति रुपैयाँ ?

बिहिबार, साउन २१ २०७८

काठमाडौं । बिहीवार बजार खुलेको एक घण्टा अवधिमा नेपाल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७२० दशमलव ५० पुगेको हो ।