शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

४० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्दे राष्ट्र बैंक

बिहिबार, साउन २१ २०७८

काठमाडौं, l नेपाल राष्ट्र बैंकले आज अपरान्ह तीन बजेसम्म ४० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्ने भएको छ । आज बिहिबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

सात दिने अवधिको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती २०७८ साउन २८ गते तोकिएको छ ।बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।