काठमाडौ, l आज बुधबार पनि नेप्से बढेको छ । नेप्से आज १२ दसमलव १५ अंकले बढेर तीन हजार एक सय २३ दसमलव २४ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७१ अंकले बढेर पाँच सय ७८ दसमलव २३ अंकमा चढेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख ४४ हजार आठ सय ८७ पटकको कारोवारमा दुई करोड ८८ लाख १३ हजार आठ सय ३१ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार दुई सय ७१ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा आज छ वटा समुहको सुचक बढेकाछन भने सात वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव २९ अंकले बढेर दुई हजार एक सय दुई दसमलव ७० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ९४ दसमलव सात अंकले बढेर तीन हजार पाँच सय ३५ दसमलव २९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, उत्पादनमुलक र लगानी समुहहरुको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने ८२ दसमलव ९८ अंकले घटेर १४ हजार सात सय आठ दसमलव ४६ अंकमा पुग्दा जीवन बीमा, लघुबित्त, टे«डिङ, होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा खानीखोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा लक्ष्मी लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपी पावर कम्पनी परेको छ ।