काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
यो दिन कारोबार आएका २२५ ओटा कम्पनीमध्ये ७ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । यो दिन अपि पावर कम्पनी,खानीखोला हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर,कालिका पावर, अपर तामाकोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लागेको हो ।
ती ७ कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएको छ । बजार बढेसँगै ती ७ कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
अपि पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५६४ दशमलव ३०, खानी खोला हाइड्रोपावरको रू.३६५ दशमलव २०, दिब्यश्वरी हाइड्रोपावरको रू. ३७२.९०,कालिका पावरको रू.७४८, अपर तामाकोशी हाइड्रोपावरको रू.७६१ दशमलव २०,घलेम्दी हाइड्रोको रू. ५१३ दशमलव ८० पुगेको छ ।
त्यसैगरी यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य रू.४३८ दशमलव ९० र जीवन विकास लघुवित्तको शेयरमूल्य रू. १ हजार ३६९ दशमलव ३० पुगेको हो ।