शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा २६.२ अंकको बृद्धि, ११ अर्ब ५२ करोडको कारोबार

मंगलबार, साउन १९ २०७८

काठमाडौं, l नेप्सेले छलाङ मारेको छ । आज मंगलबार भने २६ दसमलव दुई अंकले बढेर तीन हजार एक सय ११ दसमलव नौ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव छ अंकले बढेर पाँच सय ७७ दसमलव ५२ अंकमा चढेको छ । दुई सय २३ वटा कम्पनीहरुको एक लाख छ हजार छ सय २० पटकको कारोवारमा दुई करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार सात सय ७४ रुपैयाँ ६६ पैसा पुगेको छ । 

१३ वटा समुहको कारोवार हुंदाा आज बिकास बैंक र सामुहिक लगानी कोष समुहरुको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ३४ अंकले बढेर दुई हजार ९८ दसमलव ४१ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ६६ दसमलव ८४ अंकले बढेर तीन हजार तीन सय ४१ दसमलव २३ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, जीवन बीमा, लघुुबित्त, निर्जिवन बीमा, लगानी, उत्पादनमुलक, अन्य र टे«डिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पाँचथर पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर कम्पनी परेको छ ।