शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सिभिल बैंकमा सिआईबी पस्यो, यस्ता छन सिभिल बैंकका काला कर्तुतहरु 

सोमबार, साउन १८ २०७८

काठमाडौ, l कुनै समय चप्पल लगाएर काठमाडौ छिरेर हाल अर्बपति बनेका इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल बैंकभित्र चरम बेथिती देखिएको छ । अनेकौं छलछाम र तिकडमबाजी गरेर राजनीतिक पहुंच समेतको आधारमा अर्बपति बनेका घरजग्गा व्यवसायी समेत रहेका तामाङ नेतृत्वको सिभिल बैंकमा यस्ता धेरै कर्तुतहरु छन, जसको बारेमा नेपाल राष्ट्र बैंक, केन्द्रिय अनुसन्धान व्युरो समेत अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

यसको एउटा सानो उदाहरण हो, सम्पती सुद्धीकरण सम्वन्धी मुद्धामा राष्ट्र बैंकले सिभिल बैंकलाई केही समयअघि गरेको कारवाही ।  आर्थिक बर्ष २०७७–०७८ को तेस्रो त्रैमासमा मात्र राष्ट्र बैकले ऐननियम र परिधी नमानेको भन्दै १० लाख रुपैयाँ जरिवाना तोकेको थियो । गैरकानुनी रुपमा आर्जन गरेको रकम ओसारपसारमा संलग्न रहेको लगायत सम्पती सुद्धीकरण सम्वन्धी कैफियतका आधारमा राष्ट्र बैंकले सिभिल बैंकलाई १० लाख रुपैयाँ जरिवाना तिराएको थियो । 

उक्त घटना सेलाउना नपाउँदै इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल बैंकलाई कारवाही गरी पाउँ भन्दै सिभिल बैंक पीडितहरु नेपाल राष्ट्र बैंक, केन्द्रिय अनुसन्धान व्युरोसम्म सिभिल बैंकले गरेका काला गैरकानुनी हर्कतहरु बिरुद्ध उजुरीको चाङ लिएर पुुगेकाछन । पीडितहरुले केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) मार्फत सिभिल बैंकमा भएको गैरकानुनी हर्कतहरुको बारेमा अनुसन्धान गरी कारवाही गरि पाउँ भन्दै नेपाल राष्ट्र बैंक सुपरीवेक्षण बिभागमा दिएको उजुरीमा भनिएको छ, उपरोक्त सम्बन्धमा मैले ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं ५ कुमारीपाटी स्थित गुडविल बचत तथा ऋण सहकारी संस्था ललितपुरमा मैले विभिन्न मितिमा जम्मा गरेको रकम साँवा ब्याज समेत गरी जम्मा रु ८,६७,४८,६२२.७८।– अक्षरेपी आठ करोड सटसठ्ठी लाख अड्चालिस हजार छ सय बाइस रुपैयाँ अठहत्तर पैसा मात्र जम्मा रहेको थियो । हाल मैले उक्त सहकारीबाट आफुले जम्मा गरेको निक्षेप रकम फिर्ता लिन खोज्दा उक्त रकम खाताबाट नै गायब भन्ने बुझिन आएको छ । 

पछिल्लो समय उक्त सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ बैंकिंग कसुर मुद्दामा कारागार कार्यालय नख्खुमा थुनामा रहेका छन् भने सोहि मुद्दामा निजको श्रीमती जेनी श्रेष्ठ लगायत सहकारीको एक अर्ब भन्दा बढी रकम लिएर फरार रहेका छन् । पछिल्लो समय सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठले कारागारबाटै गुडविल सहकारी तथा निजको ब्याक्तिगत नाममा सिभिल बैंक लिमिटेडको नाममा धितो रहेको सम्पत्ति सुटुक्क लिलामी निकाल्दै बिक्रि गर्दै आएका छन्, पत्रमा भनिएको छ । 

उक्त सहकारीमा म निवेदक लगायत सयौं निक्षेपकर्ताको करिब एक अर्ब भन्दा रकम अध्यक्ष दिवाकर श्रेष्ठले हिनामिना, अपचलन गरेको तथा सिभिल बैंक लिमिटेडले समेत सहकारीको नाममा रहेको सम्पति गैरकानुनी तरिकाले लिलाम गर्ने कार्य गरिरहदा म निवेदक लगायत सयौं निक्षेपकर्ताको निक्षेप रकम जोखिममा पर्ने देखिएको हुदाँ उक्त गैरकानुनी कार्य तत्काल रोक्न लगाई उक्त सहकारीमा भएको रकम अपचलन सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट अनुसन्धान गराई आवश्यक कारबाही गरिपाँऊ । बोधार्थकोरुपमा केन्द्रिय अनुसन्धान व्युरो महाराजगञ्ज काठमाडौ उल्लेख गरिएको पत्रमा भनिएको छ । अमृतबजार साप्ताहिकमा खबर छ l