काठमाडौं, l भोलि सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । अपरान्ह तीन बजेसम्म पुरानो नविकरण अन्तर्गत उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार जारी मिती साउन १९ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ कार्तिक १६ गते तोकिएको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ माघ १८ गते तोकिएकोे छ ।
राष्ट्र बैंकले यसअघि यही साउन ११ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँको टे«जरी बिल जारी गरेको थियो ।