काठमाडौं, l साताको पहिलो कारोावार दिन आज आईतबार नेप्से सामान्य अंकले मात्र बढेको छ । आज नेप्से एक दसमलव २५ अंकले बढेर तीन हजार ८१ दसमलव पाँच अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव २४ अंकले बढेर पाँच सय ७२ दसमलव १५ अंकमा चढेको छ । आज दुई सय २६ वटा कम्पनीहरुको एक लाख १७ हजार चार सय ९० पटककको कारोवारमा तीन करोड तीन लाख ४२ हजार तीन सय ५२ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार अठ सय ६२ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले गुमाएकाछन भने छ वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ६३ अंकले घटेर दुई हजार ९४ दसमलव १८ अंकमा पुगेकोमा निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने १९ दसमलव २७ अंकले बढेर चार हजार नौ सय १० दसमलव ७२ अंकमा चढेकोमा जलबिद्युत, लघुबित्त, टे«डिङ, उत्पादनमुलक र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थनमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेशनल हाईड्रो पावर डेभलपमेन्ट कम्पनी परेको छ ।