शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सातामा ६७ अर्ब ७४ करोड छ लाख रुपैयाँको सेयर कारोवार

शनिबार, साउन १६ २०७८

काठमाडौ, l सेयर कारोवार रकम यो साता बढेको छ । यो साता नेप्से पाँच दिन खुलेको तीन दिन नेप्से लगातार बढेपछि कारोवार रकम पनि बढेको हो । सो अनुरुप नेप्से यो साता तीन हजार ७९ दसमलव ८३ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच सय ७० दसमलव ८५ अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरुको ६ लाख ६३ हजार ६ सय ९६ पटकको कारोवारमा यो साता १६ करोड ७५ लाख ६६ हजार एक सय १४ कित्ता सेयर किनबेच हुदा कारोवार रकम ६७ अर्ब ७४ करोड ६ लाख ३९ हजार एक सय ४५ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा बढी हो ।

 
नेप्सेमा गत साता भने दुई सय २२ वटा कम्पनीहरुको चार लाख २३ हजार तीन सय ३१ पटकको कारोवारमा १५ करोड ४० लाख छ हजार सात सय दुई कित्ता सेयर किनबेच हुदा कारोवार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ सय ८५ रुपैयाँ पुगेको थियो । यो साता नेप्से दोस्रो र पाँचौं दिन घटेको थियो भने बाँकी दिनहरुमा बढेको थियो ।

जसमध्ये पहिलो दिन नेप्से ५४ दसमलव ३१ अंकले बढेर तीन हजार ५८ दसमलव ६३ अंकमा पुगेको थियो भने सेन्सिटिभ पनि ११ दसमलव ७४ अंकले बढेर पाँच सय ७४ दसमलव दुई अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से आठ दसमलव २४ अंकले घटेर तीन हजार ५० दसमलव ४२ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुई दसमलव ९३ अंकले घटेर पाँच सय ७१ दसमलव १० अंकमा झरेको थियो । तेस्रो दिन भने पुुन नेप्से २९ दसमलव २४ अंकले बढेर तीन हजार ७९ दसमलव ६७ अंकमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव १९ अंंकले बढेर पाँच सय ७४ दसमलव ३० अंकमा चढेको थियो थियो । चौथो दिन पनि नेप्से १५ दसमलव तीन अंकले बढेर तीन हजार ९४ दसमलव ९४ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य दुई अंकले बढेर पाँच सय ७४ दसमलव ३२ अंकमा चढेको थियो । पाँचौं दिन भने नेप्से १५ दसमलव ११ अंकले घटेर तीन हजार चार ७९ दसमलव ८३ अंकमा झरेकोमा सेन्सिटिभ पनि तीन दसमलव ४७ अंकले घटेर पाँच सय ७० दसमलव ८५ अंकमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका थिए । सेयर कारोवार भएको संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी हिमाल दोलखा हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका थिए । बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका थिए । यसैगरी सेयर सुचीकरणतर्फ भने यो साता आईएमई जनरल इन्स्योरेन्स कम्पनी, सेन्ट्रल फाईनान्स, नेपाल हाईड्रो डेभलपर लिमिटेड र जीवन बिकास लघुुबित्त बित्तीय संस्था सहितका चार वटा कम्पनीहरुको बोनस तथा साधारण सेयर सुचीकृत भएका थिए ।