शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सबिच सम्झौता

शनिबार, साउन १६ २०७८

काठमाडौं, l महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि संग सम्झौता गरेको छ । 

उक्त सम्झौता अनुसार एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बाट ग्राहकहरुले फोटोन  ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम आठ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।