बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अर्थमन्त्रालयले नेप्सेसंग पनि माग्यो स्पष्टीकरण

शनिबार, साउन १६ २०७८

काठमाडौ l अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) संग पनि स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले आज बिहिबार नेप्सेको नाउँमा पत्र काट्दै तीन दिन भित्र स्पष्ट जवाफ दिन निर्देशन दिएको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले एकाघर परिवारका सदस्यको नाममा प्रिमियममा निष्काशन गर्न अनुमति प्रदान गरिएको सर्वोत्तम सिमेन्टको सेयर राखेको लगायतका समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रालयले नेप्सेसंग स्पष्टीकरण माग गरेको हो ।

अर्थमन्त्रालयद्धारा नेप्सेको नाउँमा जारी गरिएको पत्रमा भनिएको छ, बिभिन्न सञ्चार माध्यममा प्रकाशित भएका तहां बोर्डसंग सम्वन्धीत समाचारप्रति यस मन्त्रायको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यनहरुमा आएका उक्त बिषयबस्तुको सम्वन्धमा सत्य तथ्य यर्थाथता के हो, र सो को स्पष्ट र तथ्यपरक बिवरण तीन दिन भित्र उपलब्ध गराईदिनु हुन आदेशानुसार अनुरोध छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले श्रीमति शुशीला कुमारी बोहराको नाममा बुक बिडिङ प्रकृयाबाट जारी हुने सर्वोेतम सिमेन्टको ११ हजार नौ सय १२ कित्ता सेयर लिईएको पाईएको समाचार भएका थिए ।