शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नबिल डिजि बैंकको नया“ उपलब्धी व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

मंगलबार, साउन १२ २०७८

काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन्ँ । यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन्ँ ।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता”अनुरूप रहेको छ । आङ्खनो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित  विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सœजालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्चप्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरु लाई मुल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।