बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

मंगलबार, साउन १२ २०७८

काठमाडौं l  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।  बैठक आज विहान बिहान ९ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठक १४ औं महाधिवेशनको तयारीमा केन्द्रित हुने पौडेलले बताए।

आजको बैठकले महाधिवेशन बारे थप निर्णय गर्न सक्ने पनि पौडेलले जानकारी दिए। यसअघि शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ का लागि तय वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

यसैबीच कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ। ९८ प्रतिशत काम सकिएपछि पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउन लागिएको समिति सचिव केशव रिजालले जानकारी दिए। पदाधिकारी बैठक बस्नुअघि नै सभापतिलाई प्रतिवेदन बुझाउने समितिको तयारी छ।

समितिले असार मसान्तसम्म क्रियाशीलको काम सक्ने समय पाएको थियो। तर सो अवधिमा काम नसकिएपछि समितिले थप १२ दिनको अतिरिक्त समय पाएको थियो।