शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रोकियो नेप्सेको उच्च अंकको बृद्धि

सोमबार, साउन ११ २०७८

काठमाडौं । नेप्सेको उच्च अंकको बृद्धि रोकिएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो दिन आज सोमबार आठ दसमलव २४ अंकले घटेर तीन हजार ५० दसमलव ४२ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दसमलव ९३ अंकले घटेर पाँच सय ७१ दसमलव १० अंकमा झरेको छ । दुुई सय २३ वटा कम्पनीहरुको एक लाख ३७ हजार दुई सय ४२ पटकको कारोवारमा तीन करोड ७० लाख ६१ हजार चार सय ४७ कित्ता सेयर किनबेच हुंदा कुुल कारोवार रकम १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार चार सय ३१ रुपैयाँ पुुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक घटेर आठ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४३ दसमलव पाँच अंकले घटेर दुुई हजार एक सय ३१ दसमलव ६८ अंकमा पुुगेको छ भने बिकास बैंक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने एक सय दुई दसमलव ६५ अंकले बढेर तीन हजार एक सय ७१ दसमलव १५ अंकमा पुुग्दा, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादमुलक र लघुुबित्त समुहहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा ग्रिन लाईफ हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने पहिलो स्थानमा ङादी ग्रुुप पावर लिमिटेड परेको छ ।