काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको साढे २ घण्टाको अवधिमा सात ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
उक्त अवधिसम्ममा बिशाल बजार कम्पनी,ङादी ग्रुप पावर सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था,पञ्चकन्या माई हाइड्रोपावर,जोशी हाइड्रोपावर,यनिभर्सल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ती सात ओटै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतले वृद्धि भएको छ । बजर बढेसँगै विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार ७१४ दशमलव ४० पुगेको छ ।
त्यसैगरी ङादी ग्रुप पावरको रू.७६३ दशमलव ५०, सर्पोट माइक्रोफाइनान्सको रू. २ हजार ८२७, पञ्चकन्या माई हाइड्रोपावरको रू. ३४५ दशमलव ४०, जोशी हाइड्रोपावरको रू. ३४४ दशमलव ३०, युनिभर्सल पावरको रू. ३५९ दशमलव ७० र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य रू. ४३२ पुगेको छ ।