शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले राजीनामा दिने घोषणा

आइतबार, साउन १० २०७८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने बताएका छन् ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत चैतमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

उनको नेतृत्वमा नेपालले कुवेतमा विश्वकप छनौटका ३ खेल खेलेको थियो ।  

जसमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । तर, नेपाल जोर्डनसँग ३–० गोल र अष्ट्रेलियासँग पनि ३–० गोल अन्तरले नै पराजित भएको थियो ।

यस्तै नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६-२ गोल अन्तरले पराजित भएको थियो ।

abdullah.JPG